माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
जेठ १८, २०७९
युक्रेनको युद्धभूमिमा रुसले लगातार सफलता पाउँदै गएपछि जेलेन्स्कीका पश्चिमी समर्थकहरूको पसिना छुट्न थालेको छ ।
डोनबास क्षेत्रमा रहेको सेभेरोडोनेत्स्क शहरको आधा जस्तो भाग रुसको नियन्त्रणमा पुगेको छ । उत्तर, उत्तरपूर्व र दक्षिणपूर्व तर्फबाट अगाडि बढेको रुसी सेनाले उक्त शहरको बाहिरी पूरै तथा मध्यभागका पनि कतिपय क्षेत्रबाट युक्रेनी सैनिकहरूलाई भगाइसकेको छ ।
रुसले निर्णायक विजय प्राप्त गर्न लागेपछि आत्तिएको अमेरिकाले लामो समयसम्म अनिच्छा देखाएको भए पनि अहिले आएर लामो दूरीको रकेट युक्रेनलाई उपलब्ध गराउने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले अत्याधुनिक रकेट प्रणाली हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स) दिने निर्णय लिएको बताए ।
युक्रेनले लामो दूरीको रकेटबाट रुसी भूमिमा आक्रमण गर्न सक्ने र त्यसको प्रतिशोधमा रुसले युद्धलाई थप चर्काउने डरले बाइडन प्रशासन त्यस्ता रकेट दिन अनिच्छुक थियो । तर डोनबासमा युक्रेनी सेनाको घेराबन्दी गरेर निर्णायक युद्ध जित्ने स्थितिमा रुस पुगेपछि बाइडनको सोच बदलिएको हो ।
यस हतियारको उपयोग गरी युक्रेन रुससँगको सम्झौताका लागि बलियो बन्ने र युद्ध अन्त्य गर्नका लागि कूटनीतिक पहल निस्कने बाइडन प्रशासनको अपेक्षा छ । तर अमेरिकी अधिकारीहरूले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई यी हतियारको प्रयोग रुसी भूमिमाथि आक्रमणका लागि गरिने छैन भन्ने प्रत्याभूति लिएपछि मात्र दिएको बताइएको छ ।
यस हतियारले ७५ किलोमिटर टाढासम्मको लक्ष्यमा प्रहार गर्न सक्छ । युक्रेनसँग अहिले त्यति परसम्म हान्न सक्ने हतियार छैन ।
तर अमेरिका तथा पश्चिमले जति र जस्तो हतियार उपलब्ध गराए पनि रुसी सेनालाई अघि बढ्नबाट रोक्न सकेको छैन । सकेसम्म कम सर्वसाधारण मारिऊन् भनी सुस्त गतिमा तर युद्धमा निर्णायक सफलता हासिल गर्ने विधिका साथ रुसी सेनाले कारवाही चलाइरहेको छ ।
युद्धकालभरि पश्चिमी सञ्चारमाध्यम तथा राजनीतिकर्मीहरूले युक्रेनलाई दिइएका अत्याधुनिक हतियार तथा रुसमाथि लगाइएका कठोर प्रतिबन्धका कारण डोनबासको युद्धभूमिमा शक्तिसन्तुलन युक्रेनको पक्षमा फर्किने बताउँदै आएका थिए । पश्चिमले उपलब्ध गराएको एन्टी ट्यांक तथा एन्टी एयरक्राफ्ट हतियारले रुसी आक्रमणलाई पूरै रोक्ने उनीहरूको दाबी थियो ।
तर ती हतियारले रुसी सेनालाई रोक्न नसकेपछि पश्चिमले युक्रेनलाई भारी हतियार उपलब्ध गराएर रुसलाई हराउने भाष्य खडा गरियो । अमेरिकाको हावित्जर तोप, बेलायत र अस्ट्रेलियाको सशस्त्र वाहन, डेनमार्कको एन्टी शिप क्षेप्यास्त्र र अहिले आएर अमेरिकाको लामो दूरीको मल्टिपल रकेट लोन्चर सिस्टमले युक्रेनलाई युद्धभूमिमा विजय दिलाउने गफ हाँकिदैछ ।
तर युक्रेनी सैनिकहरूलाई यी हतियार चलाउने तालिम नदिइएको र यसलाई लिएर गरिने युद्धको पर्याप्त अनुभव नभएको तीतो सत्य हो । त्यसबाहेक युक्रेनी सैनिकसँग रहेको हतियारभन्दा निकै धेरै आर्टिलरी रुसी सेनासँग छ । अझ, रुसले युक्रेनको आकाशमा प्रभुत्व कायम गरिसकेको छ र उसको वायुसेनाले गर्ने सटीक प्रहारका कारण युक्रेनी सेनाले धेरै क्षति बेहोर्नुपरेको छ ।
पश्चिमले उपलब्ध गराएको हतियारलाई दिनदिनै रुसले भारी संख्यामा नष्ट गरिरहेको छ । नष्ट मात्र नभई रुसी सेना तथा डोनेत्स्क र लुगान्स्कका मिलिसियाहरूले पश्चिमी हतियार कब्जामा समेत लिइरहेका छन् ।
दिनदिनै सयौं संख्यामा युक्रेनी सैनिकहरूले ज्यान गुमाइरहेका छन् । उनीहरू कमान्डरका आदेश मान्न अस्वीकार गर्दै रुसी सैनिकहरूसामु आत्मसमर्पण गरिरहेका छन् । पश्चिम सञ्चारमाध्यम पढ्दा यी कुरा थाहा हुँदैनन् तर टेलिग्रामका स्वतन्त्र च्यानलहरूका सामग्री हेर्दा सत्यतथ्य जानकारी पाइन्छ ।
अब रुसी सैनिकहरूले डोनेत्स्क र लुगान्स्क क्षेत्रका बाँकी शहरहरू नियन्त्रणमा लिने कोशिश गर्नेछन् । पश्चिमले लगाएको प्रतिबन्ध वा उपलब्ध गराएको हतियारले उनीहरूलाई रोक्न सक्ने देखिँदैन ।
रुसले युक्रेनमा सैन्य कारवाही शुरू गर्नुका चार उद्देश्य छन् : डोनबास क्षेत्रलाई युक्रेनी दमनबाट मुक्त गर्ने, युक्रेनलाई निःशस्त्रीकरण गर्ने, युक्रेनलाई नाजीविहीनीकरण गर्ने र युक्रेन नेटो वा अन्य कुनै सैन्य गठबन्धनमा नजोडिनका लागि तटस्थताको प्रत्याभूति गराउने ।
पहिलो लक्ष्य पूरा गर्नका लागि रुसले सम्पूर्ण डोनबास क्षेत्र नियन्त्रणमा लिनुपर्ने हुन्छ । त्यसैले त्यहाँका अन्य शहरलाई युक्रेनको नियन्त्रणबाट मुक्त नगराउन्जेल रुसी सेना चुप लागेर बस्ने छैन ।
माथि पनि उल्लेख भएअनुसार, रुसी सैनिकहरूले सेभेरोडोनेत्स्कका आवासीय क्षेत्रलाई नियन्त्रणमा लिइसकेका छन् । उनीहरूले युक्रेनी सेनालाई आजोट औद्योगिक क्षेत्रतर्फ जान बाध्य बनाएका छन् ।
उता लिसिचान्स्क शहरमा रुसले भारी गोलीबारी गरेर युक्रेनी सैन्य इकाइलाई काउन्टरअफेन्सिभ गर्नबाट रोकेको छ । अर्को चरणमा क्रामाटोर्स्क र स्लाभयान्स्क शहरलाई रुसले नियन्त्रणमा लिने कोशिश गर्ने सैन्य विश्लेषकहरूको मत छ ।
डोनेत्स्क र लुगान्स्क पूर्ण रूपमा युक्रेनी नियन्त्रणबाट मुक्त भएपछि रुसी सैनिकहरू कता जानेछन् भन्ने स्पष्ट छैन । केही विश्लेषकहरूले रुस त्यसपछि माइकोलाइभ (निकोलाएभ) तर्फ बढ्ने र त्यहाँबाट अघि बढ्दै ओडेसा पनि नियन्त्रणमा लिने अनुमान गरेका छन् । त्यसपछि मोल्दोभाबाट टुक्रिएको रुसीभाषीहरू बस्ने ट्रान्सनिस्ट्रियासम्मको स्थलमार्ग बनाउने रुसको रणनीति रहेको उनीहरू बताउँछन् ।
जे होस्, युद्ध लामो समयसम्म जाने लक्षण देखिँदैछ । बेलायती थिंकट्यांक रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका माइकल क्लार्कले टाइम्स पत्रिकामा लेखेको लेखमा उल्लेख भएअनुसार, रुस र युक्रेन दुवैले ठूलो संख्यामा सैनिक र हातहतियार गुमाएको भए पनि दुवै थाकेका छैनन् ।
रुससँग पर्याप्त जगेडा सैनिक छन् र सैन्य उपकरणको भण्डार पनि विशाल छ । युक्रेनसँग प्रतिरक्षात्मक युद्ध लड्ने उत्साह छ र उसलाई विदेशी हतियार पनि भारी संख्यामा उपलब्ध गराइएको छ । त्यसैले युद्ध लम्बिन सक्छ तर डोनबास क्षेत्रमा भएको लडाइँको परिणामले युद्धको दिशा तय गर्ने देखिन्छ ।
विशेषगरी डोनबास क्षेत्रमा युक्रेनी सैनिकहरूको पराजय भएपछि चाहिँ युक्रेनी सरकारसामु सीमित विकल्प मात्र हुनेछन् । ठूलो संख्यामा तथा युद्धकलामा दक्ष सैनिकहरू सबै डोनबासमा खटिएकाले तिनको विनाश हुने अवस्था आएमा युक्रेन सरकारले सेना बचाउनका लागि डोनबास त्याग्नुपर्ने हुन सक्छ । तर त्यसो गर्दा युक्रेनका उग्रराष्ट्रवादीहरूले जेलेन्स्कीविरुद्ध मोर्चा खोल्नेछन् र उनलाई सत्ताच्युत गरी कठोर दण्ड दिनेछन् ।
नत्र भने युक्रेनको अन्तिम सैनिक नमारिउन्जेलसम्म डोनबासमा लडिरहन सरकार बाध्य हुनेछ । त्यस्तो स्थितिमा युक्रेनी सेना, डोनबास क्षेत्र र देशका अन्य भूभाग पनि गुम्ने खतरा हुनेछ ।
युद्ध लम्बिँदै जाँदा पश्चिम, विशेषगरी अमेरिका, ले कस्तो रणनीति अपनाउँछ, त्यो हेर्न चाखलाग्दो हुनेछ । युद्ध तीन महिनाभन्दा बढी गइसक्दा संसारको ध्यान बिस्तारै युक्रेनबाट हट्दैछ । अमेरिकाका युद्धपिपासु मूलधारे सञ्चारमाध्यमहरूले युक्रेनलाई पहिले जति प्राथमिकता दिन छोडेका छन् । अनि अमेरिकाको ध्यान रुसतर्फ नभई चीनतर्फ जानु आवश्यक छ भन्ने आवाजहरू पनि चर्किन थालेका छन् ।
त्यसो भए अमेरिकीहरूले युक्रेनलाई रुससँग सम्झौता गर्न बाध्य बनाउँछन् त ? कि उनीहरूले कुनै एउटा घटना गराएर युक्रेनमा नेटो सैनिक उतार्छन् ? त्यस्तो अवस्थामा तेस्रो विश्वयुद्ध शुरू हुनेछ । युक्रेनलाई रुसी भूमिमा आक्रमण गर्ने रकेट दिन हिचकिचाएका बाइडन रुससँग प्रत्यक्ष युद्ध हुने स्थिति आउन दिन त चाहँदैनन् जस्तो देखिन्छ ।
युद्धलाई वार्तामार्फत टुंग्याउनका लागि टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले युक्रेन र रुस दुवै देशका प्रमुखसँग फोन वार्ता गरेका छन् । तर वार्ताका शर्त युद्धरत दुवै पक्षलाई मान्य हुने कुनै सुनिश्चितता नभएकाले युद्ध अझै लम्बिनेछ । त्यसको दुष्परिणाम विश्वले नै भोगिरहेको छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...