२८ जेठ २०८३, बिहीबार

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैब बस्ने रामेछाप खांडादेवी गाउँपालिका-१ लुभुघाट घर भएका २३ वर्षीय अनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ । 

गोदावरी नगरपालिका-१ दमैटारस्थित सडक किनारामा माझीले चलाउदै आएको प्रदेश ३ -०१-०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा ती किशोरीलाई ललाई फकाई जेठ ९ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्