
पहिलो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले हराएको छ ।
दिल्लीमा बिहीवार राति पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो ।
भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
यस जीतसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।