२२ असार २०८३, सोमबार

४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुरमा बढीरहेको वायु प्रदूषणलाई मध्यनजर गर्दै शनिबार क्लिनिक वानको प्राङ्गणमा संचालित स्वास्थ्य शिविरमा  भक्तपुर जिल्लाका ४३ जना ट्राफिक प्रहरीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । 
वरिष्ठ पुल्मनोलोजिस्ट डा. राजेश किशोर यादव,  कान, नाक तथा घाटी विशेषज्ञ डा. रुपक खड्का र आँखा रोग विशेषज्ञ डा. टिना श्रेष्ठ तथा  क्लिनिक वान भक्तपुरका कर्मचारीहरुदुवारा ट्राफिकहरूको रक्तचाप, मधुमेह, आँखा, कान, नाक, घाँटी तथा छातीको परिक्षण गरिएको हो । त्यस्तै उनीहरुको फोक्सोको क्षमताको पनि परिक्षण गरियो । 

यस स्वास्थ्य शिविरमा सहभागी भएका धेरै ट्राफिक प्रहरीहरूमा स्वास प्रश्वासको समस्या  देखिएको छ । त्यस्तै, ट्राफिक प्रहरीहरूमा आँखाको समस्या देखिएको छ । 
“सडकमा बढ्दो सवारी तथा बढ्दो वायु प्रदूषणका कारण ट्राफिक प्रहरीहरुको स्वास्थ्य जोखिममा रहेको छ । हामीले ट्राफिक प्रहरीहरूलाई ड्युटीमा हुँदा मास्क अनिवार्य रुपमा लगाउन सल्लाह दिएका छौँ ।” डा.रुपक खड्काले जानकारी गराए । 
लायन्स क्लब भक्तपुर दरबार स्क्वायर, क्लिनिक वान भक्तपुर, धनञ्जय बचत तथा  ऋण सहकारी संस्था तथा उज्यालो बचत तथा  ऋण सहकारी संस्थाद्वारा संयुक्त रुपमा स्वास्थ्य शिविर संचालन गरिएको हो । आगामी दिनहरुमा पनि यस्तै विभिन्न संस्थाहरुसगँको साझेदारीमा यस्तै कार्यक्रम गर्ने प्रतिवद्धता क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्