२२ असार २०८३, सोमबार

लेखनाथदेखि पोखरासम्मको बिजुली लाइन भूमिगत गरिने

लेखनाथदेखि पोखरासम्मको बिजुली लाइन भूमिगत गरिने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सवस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन भूमिगत गर्ने कार्य प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा आज कार्यकारी निर्देशक घिसिङले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । पोखराको बिरौटामा अत्याधुनिक सवस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरे । अन्तका सवस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्ने जानकारी गराउँदै उहाँले यो सवस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने बताए ।  

मोदीखोलामा रहेका परियोजनाहरूबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सवस्टेसन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ । दाना, कुश्मा, बुटवल प्रशारण लाइनअन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिट्टै सल्टाइने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्