×

NMB BANK
NIC ASIA

प्रहरीको ‘अपरेसन ह्वाइट डस्ट : ५ अन्तर्राष्ट्रिय तस्कर संगठनले पठाएका थिए ५१ किलो हेरोइन

असार २, २०७९

NTC
Premier Steels

लागूऔषध तस्करीको अन्तर्राष्ट्रिय संगठनले नेपालको बाटो प्रयोग गरेको रहस्य खुलेको छ । 

Muktinath Bank

बिहीवार लागूऔषध नियन्त्रण ब्यूरोले ५१ किलोग्राम हेरोइनसहित ७ जनालाई सार्वजनिक गरेसँगै रहस्य खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफ्रिकामा बसेर दुबई, कतार हुँदै नेपालमा लागूऔषधको सञ्जाल सञ्चालन गरेको खुलेको ब्यूरोका निमित्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘उनीहरूलाई पक्राउ गरेपछिको प्रारम्भिक अनुसन्धानमा अफ्रिकामा रहेका ५ समूहले नेपालसम्म लागूऔषधको तस्करी गर्दै आएको खुलेको छ,’ एसपी श्रेष्ठले भने । 

Vianet communication

प्रहरीले दक्षिण अफ्रिकाबाट संयुक्त राज्य अरब इमिरेट्सको दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको ठमेल आइपुगेका अफ्रिकन नागरिकहरू २९ वर्षीया सीबीसी ठान्डेकिले (पासपोर्ट नम्बर ए०९८२४५७०), ४६ वर्षीया मुरेल क्यूइडुक्वाजी (पासपोर्ट नम्बर ए०६३७६९८१) लाई जेठ २९ गते १६ किलो हेरोइनसहित पक्राउ गरेको छ । दुवै जना अफ्रिकाबाट एउटै उडानबाट नेपाल आएका थिए ।

मुरेल यसअघि गत फेब्रुअरी, मार्च र मे महिनामा समेत नेपाल आएको देखिएको छ ।

जेठ ३० गते अफ्रिकाबाट दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठमेल आइपुगेकी ३६ वर्षीया रोसिनाह ननक्वेले जान्तजीई (पासपोर्ट नम्बर ए०९८२०५२१) र ३९ वर्षीया तास्हावालाला खानयीसीले एभनी (पासपोर्ट नम्बर ए०५८८५७०२) लाई प्रहरीले छुट्टाछुट्टै पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले ८/८ किलो हेरोइन बरामद गरेको छ ।जेठ ३१ गते अफ्रिकाबाट कतारको दोहा हुँदै नेपालमा ३७ वर्षीया मोरोइसे सुझान कोफु (पासपोर्ट नम्बर ए०९२५२१४६) र अफ्रिकाबाट दुबई हुँदै नेपाल आएकी ३० वर्षीया मार्लेसे बादेनह्रोस्ट (पासपोर्ट नम्बर ए०९१८६०३४) लाई ६/६ किलो हेरोइनसहित ठमेलका छुट्टाछुट्टै होटलबाट पक्राउ गरेको छ ।जेठ २६ गते अफ्रिकाबाट दुबई हुँदै २९ वर्षीया मोहलाको माउरेन (पासपोर्ट नम्बर ए०९८३२६८६) लाई ठमेलको एक होटलबाट ७ किलो हेरोइनसहित पक्राउ गरेको छ ।

वैशाख ३ र ४ गते जामबियन नागरिक ३५ वर्षीया कापुतुला अविशर्ग (राहदानी नम्बर ८४०१३१) र भारतीय नागरिक ३५ वर्षीय लालनुनपुइ (राहदानी नम्बर ८८७९६८७) लाई ७ किलो हेरोइनसहित पक्राउ गरेको थियो । त्यो बेला पक्राउ परेकामाथि गरिरहेको अनुसन्धान विश्लेषणका आधारमा थप व्यक्तिलाई पक्राउ गरिएको ब्यूरोका एसपी श्रेष्ठले बताए ।

एसपी श्रेष्ठका अनुसार उनीहरूले लगेजमा भित्र लुकाएर भारततर्फ तस्कर गर्न लागेका थिए । 

‘नेपालमा महंगो लागूऔषधको प्रयोगकर्ता छैनन्, विगतको अनुभवलाई हेर्दा पनि उनीहरूले भारत तस्करी गर्न खोजेको देखिन्छ,’ एसपी श्रेष्ठले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अफ्रिका हुँदै नेपाल आएका उनीहरूको अन्तिमविन्दू नेपाल हो । भारतबाट अर्कै व्यक्ति आएर लागूऔषध लिएर जाने योजनामा थिए ।

पक्राउ परेका महिलालाई पनि भारतबाट को आउँदैछ अथवा कसले लैजाने भन्ने थाहा हुँदैन, अन्तर्राष्ट्रिय लागूऔषध तस्करहरूले नै तय गर्ने गरेको खुलेको छ । 

नेपाली र विदेशी केटा लगेर सुकुेटे घुम्न गएकी थिइन् तस्कर माउरेन

अफ्रिकाबाट दुबई हुँदै २९ वर्षीया मोहलाको माउरेन काठमाडौं आएपछि ठमेलको एक होटलमा बसिन् । हेरोइन लिने मान्छे समयमै नआएपछि बोर भएको भन्दै उनले नेपाली क्लबमा भेटिएका केही केटा साथीहरू र विदेशी साथीहरू लिएर सिन्धुपाल्चोकको सुकुटेमा रहेको एउटा रिसोर्टमा गएर रमाइलो गरेको खुलेको छ ।

उनले लामो समय बस्नुपरेको भन्दै मुख्य तस्करलाई बताएपछि बाहिर घुम्न जान अनुमति दिएपछि त्यहाँ गएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । घुम्ने क्रममा उनले आफू जहाँ गए पनि फोटो खिचेर सूचना दिने गरेको खुलेको छ ।

हरेक मिनेटको अपडेट मुख्य तस्करलाई

प्रहरीले उनीहरूको मोबाइल नियन्त्रणमा लिएको छ । उनीहरूले कसरी कुराकानी गर्छन् । उनीहरूको सञ्चारको ट्रेन्ड के हो जस्ता विषयको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले हरेक ठाउँमा पुग्दाको फोटो भाइबर, ह्वाट्स एप लगायतका माध्यमबाट मुख्य योजनाकारलाई फोटो पठाउने गरेको खुलेको छ । 

प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्टका अनुसार उनीहरू अफ्रिकाबाट हिँडेको, दुबई एयरपोर्टमा आएकोदेखि खाना खाएको ठाउँको फोटो खिचेर पठाएका छन् । त्यति मात्र होइन, उनीहरू ठमेलमा बसेको होटलको कोठाको फोटो भिडियो, रुम नम्बरको फोटो भिडियो र सुटकेश खोलेर देखाएको अवस्थाको फोटो पनि पठाएका छन् । 

प्रहरीले त्यो फोटो उनीहरूलाई पठाएर लिन आउने व्यक्तिलाई सूचना आदानप्रदान गरेको हुनसक्ने अनुमान गरेको छ । 

एसपी श्रेष्ठका अनुसार त्यसैका आधारमा प्रहरीले विदेशमा रहेका र भारतमा रहेका लागूऔषध तस्कर समूहका नाइकेहरूसमक्ष समेत पुगेको दाबी गरेका छन् । 

प्रहरीको इतिहासमा सबैभन्दा ठूलो ‘अपरेसन ह्वाइट डस्ट’

प्रहरीले अघिल्लो वर्षदेखि ‘अपरेसन ह्वाइट डस्ट’ नाम दिएर अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा हुने हेरोइन विरुद्धको अपरेसन चलाइरहेको छ ।

प्रहरीले लागूऔषध विरुद्धका विभिन्न अपरेसनहरू चलाइरहन्छ तर हालसम्म यति ठूलो परिणाममा लागूऔषध नियन्त्रणमा लिएको पहिलो घटना हो । 

यसअघि वर्षमा २ किलो, ४ किलो हेरोइन बरामद गर्दै आएको थियो । आर्थिक वर्ष २०७३/०७४ देखि २०७८/०७९ वैशाखसम्मको ६ वर्षमा ५२ किलो ९११ ग्राम बरामद गरेको थियो भने अहिले एकैपटक ५१ किलो बरामद गरेको छ । इतिहासमा प्रहरीले एकैपटक नियन्त्रणमा लिएको हेरोइन पहिलो पटक हो ।

पछिल्लो समयमा अफ्रिकाबाट दुबई, कतार हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर लागूऔषध भारत तस्कर हुन लागेको छ । भारतको ठूलो बजारलाई लक्षित गरेर अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी संगठनहरू सक्रिय भएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x