०८ असार २०८३, सोमबार

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

कात्तिक २०, २०७४
पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, ६ साउन - मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना हुनुभएको पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ ।

थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरेको हो । पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नशामा अवरुद्ध देखिएपछि एन्जियोप्लाष्टी गरिएको थियो ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्सले पुष्पगुच्छा प्रदान गर्दै शाहलाई बिदाइ गर्नुभएको थियोे । रासस

salt training

कमेन्ट गर्नुहोस्