२१ जेठ २०८३, बिहीबार

केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यूट्युबमा रिलिज

केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यूट्युबमा रिलिज

अभिनेत्री केकी अधिकारीको निर्माण एवं अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यूट्युबमा रिलिज गरिएको छ ।

कमेडी धारमा निर्माण भएको चलचित्र शुक्रवार ‘हाइलाइटस् नेपाल’ यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  

विशाल भण्डारी निर्देशित चलचित्रमा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ । ४ वर्षअघि हलमा प्रदर्शनमा आएको चलचित्रले राम्रो व्यापार गर्न सकेको थिएन ।

दक्षिण भारतीय चलचित्र मुम्बई एक्सप्रेसको हुबहु कपी गरिएको आलोचना ‘कोहलपुर एक्सप्रेस’ले खेप्नुपरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्