२५ असार २०८३, बिहीबार

प्रहरी बढुवामा चरम असन्तुष्टि, पर्न थाल्यो उजुरी

कात्तिक २०, २०७४
प्रहरी बढुवामा चरम असन्तुष्टि, पर्न थाल्यो उजुरी
काठमाडौं, ८ साउन - बढुवा सिफारिस प्रक्रियामा प्रतिस्पर्धी छुटेपछि तीन जनाले लोकसेवा आयोगको छानबिन समितिमा उजुरी दिएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मधु पुडासैनी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवास चौधरी र प्रहरी उपरीक्षक (एसपी) विभूतिराज पाण्डेले आयोगमा उजुरी दिएको खबर अन्नपूर्ण पोस्टमा छ ।Nepal-Police
एउटै ब्याची भए पनि सिरियल नम्बरमा आफूभन्दा तलकालाई बढुवा सिफारिस गरिएको भन्दै पुडासैनी, चौधरी र पाण्डेले उजुरी दिएका हुन् । चौधरी र पाण्डे आफैं आयोगमा उपस्थिति भए पनि पुडासैनीले वारेसमार्फत उजुरी दिएको आयोगले जनाएको छ । पुडासैनी तालिमका लागि अमेरिकामा छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पुडासैनी आफ्नो ब्याचमा सातौं नम्बरमा, चौधरी छैटौं र पाण्डे तीन नम्बरमा थिए । तर बढुवा समितिले पुडासैनी, चौधरी र पाण्डेलाई छुटाउँदै उनीहरूभन्दा तलकालाई बढुवा सिफारिस गरेको थियो ।
बढुवा समितिले चौधरीभन्दा पछिका ब्याची सुरेशविक्रम शाह र ठूले राईलाई बढुवा सिफारिस गरेको छ । ०६७ मा एसपी बनेका पाण्डे बढुवामा छुटे पनि २०६९ मा एसपी बनेका विश्वराज पोखरेल सिफारिसमा परेका छन् । वैकल्पिक टोलीका एसपी प्रकाश अधिकारीसमेत सिफारिसमा छुटेका छन् । हाल बढुवा सिफारिसमा परेका डीआईजी बमबहादुर भण्डारीदेखि मिङ्मार लामासम्म एउटै ब्याचका परे पनि ११ र १२ का क्रमशः डीआईजी रणबहादुर चन्द र विजयकुमार भट्ट उनीहरूभन्दा कनिष्ठ ब्याची हुन् ।
भण्डारी र लामाकै ब्याचका डीआईजी क्रमशः पुडासैनी, पंकज श्रेष्ठ, माधव नेपाल, गोविन्द निरौला र राधाकृष्ण देउजा सिफारिसमा परेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्