
नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री परिवर्तनको विषयमा विद्रोह तनावको अवस्था बनेको छ। यही क्रममा एमाले नेता गोकुल बाँस्कोटाले माधव नेपालप्रति कटाक्ष गरेका छन् । उनले विद्रोह गर्ने मन्त्रीहरुलाई माकुराको बच्चाको संज्ञा दिँदै माधव नेपालमाथि कटाक्ष गरेका हुन् । ‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्याथ्यो।बल्ल परो नीरमाया माकुरी जालैमा !’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
विवादकै बीच एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक शनिबार बस्दैछ ।