
नेपालका लागि भारतीय नवनियुक्त राजदूत नवीनकुमार श्रीवास्तव शनिवार दिउँसो काठमाडौं आइपुगेका छन् ।
यसअघिका राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा बढुवा भएपछि रिक्त राजदूतमा श्रीवास्तवलाई नियुक्त गरिएको थियो ।
श्रीवास्तव भारतीय कूटनीति सेवाका परिपक्व कूटनीतिज्ञ मानिन्छन् ।
उनले यसअघि भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया मामिला विभागमा रहेर जिम्मेवारी पूरा गरेका थिए ।