०१ साउन २०८३, शुक्रबार

भीम रावलको जिल्लाबाट नेकपा एसले किन बनायो गैरसा‌सदलाई मन्त्री ?

भीम रावलको जिल्लाबाट नेकपा एसले किन बनायो गैरसा‌सदलाई मन्त्री ?

नेकपा एकीकृत समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाएको छ । तनहुँमा कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा अछामका कुँवरलाई मन्त्री बनाइएको हो । प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्ति गरिसकेकी छन् । 

श्रममन्त्री बनेका कुँवर गत फागुन २१ सम्म राष्ट्रिय सभाको सदस्य थिए ।  संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ । सांसद नरहेका गोविन्द बन्दी कोइराला पनि नेकपा (एस)बाटै कानूनमन्त्री बनेका छन् । 

अछामका कुँवर नेकपा (एस)का सुदुरपश्चिम कमिटीका उपाध्यक्ष र केन्द्रीय सदस्य छन् । एसले उनलाई अछामबाट चुनाव लडाउने गृहकार्य गरेको छ । अछामबाट एमाले नेता भीम रावल चुनाव लड्दै आएका छन् । 

२०६४ सालमा प्रतिनिधि सभा चुनावमा कुँवर अछामको क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । त्यो बेला रावल समानुपातिकबाट संविधान सभा सदस्य बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्