
दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा रहेको एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका छ । उनीहरूको मृत्युको कारण र विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा २० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’। प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि बताए ।