×

NMB BANK
NIC ASIA

विलासी उपमेयरलाई गाडीपछि साडीको फण्डाः सरकारी कोषबाटै बाँडियो महिला जनप्रतिनिधिलाई कपडा

असार १३, २०७९

NTC
Premier Steels

मोरङको बेलबारी नगरपालिकाले महिला जनप्रतिनिधिलाई साडी वितरण गरेको छ । 

Muktinath Bank

विरोध भएपछि उपमेयरका लागि नयाँ गाडी खरिद गर्ने निर्णयबाट पछि हटेको नगरपालिकाले नगर सभामा पोसाकका रुपमा महिला जनप्रतिनिधिलाई साडी वितरण गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर उनीहरूलाई साडी दिइएको हो । 


Advertisment
Nabil box
Kumari

उपमेयर नितु थापा कोइरालाले ६ हजार मूल्य बराबरको साडी खरिद गरेर महिला जनप्रतिनिधिहरूलाई दिएकी थिइन् ।

Vianet communication

नगरपालिकाको लेखा शाखाले उनीहरूकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । लेखा शाखाका एक कर्मचारीका अनुसार कार्यपालिकाको निर्णयअनुसार बजेट पठाउने तयारी गरिएको हो । 

‘कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने हाम्रो दायित्व हो,’ ती कर्मचारीले भने, ‘भ्याटसहितको ६ हजार पठाउने तयारी गरेका छौँ ।’

कार्यालयले आफूहरूलाई भ्याट कटाएर ६ हजार रूपैयाँ नगरपालिकाले खातामा हालिदिएपछि उपप्रमुखलाई बुझाउने एक महिला जनप्रतिनिधिले बताइन् । ‘६ हजारमा ल्याएको भनिएको छ, साडी हेर्दा त्यति पर्ला जस्तो छैन,’ उनले भनिन् । 

उपमेयरसहित २४ जना जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् भने ५ जना कार्यपालिकामा निर्वाचित भएका हुन् । २९ जनालाई ६ हजारका दरले साडी वितरण गर्दा १ लाख ७४ हजार नगरपालिकालाई भार परेको छ ।

यस्तै पुरुष जनप्रतिनिधिलाई नगर सभामा कागजपत्रहरू राख्न तीन हजार ५०० रूपैयाँ पर्ने झोला वितरण गरिएको छ । नगरपालिकाका जिन्सी शाखाका प्रमुख चतुर्भूज माझीका अनुसार उनीहरूलाई झोला वितरण गरिएको हो । तीन कार्यपालिका सदस्यसहित ३७ जनप्रतिनिधिलाई झोला वितरण गर्दा १ लाख २९ हजार ५०० रूपैयाँ खर्च भएको छ । 

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४३३ रुपैयाँको बजेट सभामा पेश गरेको छ ।

यसअघि उपमेयरका लागि नयाँ गाडी खरिद गर्ने निर्णय गरिएको थियो । लोकान्तरमा समाचार प्रकाशित भएपछि नगरपालिका सो निर्णयबाट पछि हटेको थियो । 

यो पनि पढ्नुहोस्


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x