१४ असार २०८३, आइतबार

पोखराबाट धाम्पुससम्म टीभीएसको एओजी राइड

पोखराबाट धाम्पुससम्म टीभीएसको एओजी राइड

टीभीएसले अपाची अनर्स ग्रुप (एओजी)को दोस्रो संस्करणमा पोखराका ३० अपाची ग्राहकहरूलाई पोखराबाट धाम्पुस हुँदै सुइखेत रिसोर्टसम्म पुर्‍याएको छ । 

विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागिताका लागि १०० भन्दा बढीले आवेदन फारम भरेका थिए । तर, ३० जना मात्रै चयन भएको टीभीएसले जनाएको छ । 

गण्डकी  प्रदेशमा भएको संस्करणका लागि दर्ता गरेका बाँकी राइडरहरूलाई टीभीएसले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ । 

'टीभीएसले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र एड्भेञ्चर राइड सञ्चालन गरिरहेको हुन्थ्यो । बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो र नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गर्नेछ,' विज्ञप्तिमा भनिएको छ, ' एओजीमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ र त्यति मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाइनेछ । यो राइड अनुभवी मार्सलहरूको निगरानीमा भएको थियो, जसमा राइडरहरूलाई सडक सुरक्षा जस्ता विभिन्न प्रशिक्षण दिइएको थियो ।'

यस राइडमा सहभागी हुने सबै राइडरहरूलाई टीभीएसले फ्री राइडिङ गियर्स उपलब्ध गराएको थियो ।  यसमा राइडरहरूका लागि विभिन्न रोमाञ्चक खेलको आयोजना पनि भएको थियो । विजेताहरूलाई पुरस्कार तथा सबै सहभागीलाई उपहार र प्रमाणपत्र वितरण पनि वितरण गरिएको टीभीएसले जनाएको छ । 

एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि विक्रम शर्मा पौडेलले भने, 'पोखराबाट धाम्पुससम्मको यो राइड निकै रमाइलो भयो, हामीले हाम्रा ग्राहकहरूलाई भेट्न पायौं र वहाँहको TVS सँगको अनुभवको बारेमा बुझ्ने मौका पनि पायौं । हामी चाँडै एओजीबाट फेरि अर्को यात्रा सञ्चालन गर्नेछौं ।' 

सुइखेत रेसोर्ट पुगेका सहभागी रुपेस बस्नेतले धाम्पुससम्मको राइड निकै रोमाञ्चक भएको बताए । आफूजस्तै अपाची प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा बेग्लै खुशी मिलेको बताए । 

टीभीएसले आफ्ना ग्राहकका लागि अपाची अनर्स ग्रुप (एओजी) नामक अपाची धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ  । 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभीएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३७ भन्दा बढी डिलरहरू रहेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्