
राजधानीको कोटेश्वरमा सोमबार भयानक दुर्घटना भएको छ । सोमबार साँझ कोटेश्वर चोक नजिकै माइक्रोबस र ट्रक एकापसमा ठोक्किएको हो ।
दुर्घटनापछि माइक्रोमा सवार घाइतेलाई अस्पताल पठाइएको छ । प्रहरीले दुर्घटनामा भएको मानवीय क्षतिको विवरण संकलन भइरहेको भन्दै सार्वजनिक यातायातको साधन माइक्रो क्षतिग्रस्त बनेको बताएको छ ।