३० असार २०८३, मंगलबार

कोटेश्वर दुर्घटना अपडेटः एक जनाको मृत्यु

कोटेश्वर दुर्घटना अपडेटः एक जनाको मृत्यु

राजधानीको कोटेश्वरमा भएको दुर्घटना एक जनाको मृत्यु भएको छ । सोमबार साँझ  ट्रक र माइक्रोबस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।  प्रहरीका अनुसार प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बरको माइक्रो आपसमा ठोक्किएर दुर्घटना भएको हो । ठोक्किएपछि भक्तपु्र–रत्नपार्क रुटमा गुड्ने माइक्रोबस क्षतिग्रस्त बनेको छ । 

दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको थेलचोङ घर भएका  ५२ वर्षीय देवकुमार सेन रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा बीएण्डबी  अस्पतालमा मुत्यु भएको हो । दुर्घटनापछि माइक्रो चालक फरार रहेका छन् भने सहचालक २३ वर्षीय विमल कुमार सुनारको उपचार भइरहेको छ।  

salt training

कमेन्ट गर्नुहोस्