भदौ १, २०७९
सप्तरीस्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित सो कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाध...
नापी कार्यालय तनहुँले व्यास नगरपालिका–१४ केशवटारका ५६ जनालाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ ।
साविकको केशवटार गाउँ विकास समितिअन्तर्गत १३ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५६ जनालाई लालपुर्जा वितरण गरेको हो ।
गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
कार्यालयले गाउँ ब्लकअन्तर्गत सबै परिवारलाई पुर्जा वितरण गर्ने लक्ष्यका साथ पुर्जा वितरणलाई निरन्तरता दिइरहेको आचार्यले बताए । कार्यालयसम्म आउन अप्ठ्यारो हुने भएकाले गाउँमै पुगेर लालपुर्जा वितरण गरिएको उनले बताए ।
‘सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौं,’ उनले भने ।
तनहुँमा विक्रम संवत् २०७१ सालदेखि गाउँ ब्लक नाप्न शुरू गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ । सबै ठाउँको नापी सम्पन्न भइसकेको जनाइएको छ । उनका अनुसार साविक मैवलका केही ठाउँमा लालपुर्जा वितरण गर्न बाँकी छ ।
कार्यालयले यो वर्ष ऋषिङ गाउँपालिका–४ भिरकोटका १०१, बन्दीपुर गाउँपालिका–६ धरमपानीका ६५ जनालाई पनि लालपुर्जा वितरण गरिसकेको छ । पुर्जा पाएपछि स्थानीय खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए ।
विक्रम संवत् २०२९ देखि २०३२ सालसम्म तनहुँमा पहिलोपटक नक्सानाप गरिएको थियो ।
तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।
यसैबीच खोलाले बगाएर घाइते भएका बालिकाको उपचारका लागि व्यास नपाले ५० हजार सहयोग उपलब्ध गराएको छ । खोलाले बगाएर घाइते भएकी तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी ४ वर्षीया बालिका युविना थापामगरको उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।
सप्तरीस्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित सो कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाध...
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्। विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रथ...
बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौंमा स्थानीयले जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख ...
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर ’निर्माण भएको छ । क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोडको लागतमा सेन्टर निर्...
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित ह...
म्याग्दीका श्याम नेपाली (नाम परिवर्तन) २०७८ वैशाखको पहिलो साता अमेरिका जाने उद्देश्यले संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबई शहरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । उनी नेपालको विमानस्थलबाट ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...