बैशाख १४, २०८०
लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘...
एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् ।
त्यहाँ उनले अहिलेको चलचित्र क्षेत्र, आफ्नो सुन्दरताको रहस्य, हुनसक्ने सम्भावित ‘कमब्याक’ लगायतको प्रसंगमा रहेर मिडियासँग भलाकुसारी समेत गरिन् ।
उनले आफू दुई महिना नेपालमा रहने बताउँदै आफन्त, चलचित्र क्षेत्रका साथीहरू भेटघाटसँगै घुमघाममा समय बिताउने बताईन् ।
‘८ वर्ष अमेरिकामा रहँदा नेपाली चलचित्रको एक्सन/कटलाई कत्तिको मिस गर्नुभयो ?' सञ्चारकर्मीको प्रश्नमा अभिनेत्री लम्सालले भनिन् –‘मिस गर्नका लागि बिर्सनुपर्छ । मैले कहिले पनि बिर्सिएकी थिइन । जहिले पनि मेरो आत्मा, मन÷मस्तिष्क सबैमा एक्सन–कट, यो क्षेत्र, चलचित्रकर्मीहरू, मिडियाकर्मीहरू हुनुहुन्छ ।’
रोमान्टिक भूमिकामा रुचाइएकी अभिनेत्री अरुणिमाले चलचित्रमा कमव्याक गर्ने इच्छा रहेको र राम्रो कथावस्तुसहित सुहाउँदो भूमिकामा अफर आए अभिनय गर्न तयार रहेको बताइन् ।
पहिलेजस्तो टिनएजरको क्यारेक्टरमा भने प्रस्तुत हुने मन नरहेको बताइन् ।
‘टिनएजरको क्यारेक्टरमा त म खेल्दिन । किनभने आफैलाई पनि फिल लाग्दैन,’ उनले भनिन्,‘मेरो उमेरअनुसारको सुट हुने क्यारेक्टर आयो र जसले मलाई फेरि कमव्याक गराउँछ । दर्शकहरूमाझ अरुणिमा लम्साललाई सम्झनलायक क्यारेक्टरको साथ प्रस्तुत गराइन्छ भने पक्कै काम गर्छु ।’
चलचित्र उद्योगमा क्युट अभिनेत्रीको छवि बनाएकी अरुणिमा अहिलेपनि उत्तिकै सुन्दर देखिन्छिन् ।
उनले त्यसबारे ठट्टा गर्दै भनिन्, ‘हनुमानले सञ्जीवनी बुटीको एक टुक्रा मलाई दिनुभएको थियो ।’
उनले आफूभन्दा पछिल्लो पुस्ताका अभिनेत्रीहरूले चलचित्रमा राम्रै काम गरिरहेको र चलचित्र क्षेत्रपनि पहिलेभन्दा विकास भएको प्रतिक्रिया दिइन् ।
अरुणिमाले ‘भरोसा’, ‘धडकन’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘अग्नि ज्वाला’, ‘निगरानी’, ‘अभिमन्यु’ ‘दाग नमेटिएको घाउ’, ‘हामी साथी भाइ’ लगायतका ५० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेकी छिन् ।
तस्वीर सौजन्य : मिलन ढुंगाना
लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘...
केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको धेरै भएको छैन । ...
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित ११औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उ...
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ भोलि शुक्रवारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ...
बलिउड अभिनेत्री जिया खानले आत्महत्या गरेको मुद्दामा अभिनेता सुरज पंचोलीले सीबीआई अदालतबाट शुक्रवार सफाइ पाएका छन् । आत्महत्या दुरुत्साहनको मुद्दामा सुरजविरुद्ध प्रमाण फेला नपरेको भन्दै अदालतले सफाइ दिए...
नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार ...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...