२१ असार २०८३, आइतबार

प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका नेताहरू निजगढको स्थलगत अवलोकनमा

प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका नेताहरू निजगढको स्थलगत अवलोकनमा

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् ।

सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुगेका हुन् ।

देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेता निजगढ गएका छन् ।

गठबन्धनका शीर्ष नेताहरू निजगढ पुगेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनले फेसबूकले लेखेका छन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सरकारी निर्णयमा अदालतले अंकुश लगाएको केही दिनमै शीर्ष नेताहरू स्थलगत अध्ययनको लागि निजगढ पुग्नुभएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्