२९ जेठ २०८३, शुक्रबार

चुनावसम्म सत्ता गठबन्धन सग्लो रहँदैनः एमाले

चुनावसम्म सत्ता गठबन्धन सग्लो रहँदैनः एमाले

नेकपा एमालेका उपमहासचिव एवं पार्टी प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन सग्लो रहने विश्वास एमालेलाई नभएको बताएका छन् । 

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकको निर्णय जानकारी गराउने क्रममा गुरूङले भने, ‘सत्तारूढ गठबन्धन चुनावसम्म सग्लो रहन्छ भन्ने हामीलाई विश्वास लागेकै छैन ।’

जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र विभाजित शक्ति कता लाग्छ भन्ने कुराले भविष्यले बताउने उनले बताए । ‘हामी पनि हातखुट्टा बाँधेर बस्ने भन्ने हुँदैन । सबैले आ–आफ्नो खेलो–फड्को गरिहाल्छ । अहिलेको शक्ति सन्तुलन केही न केही कमजोर रहने अवस्था देखिन्छ’, गुरूङले भने । 

गठबन्धनले जनविरोधी र राष्ट्रविरोध काम गरिरहेको र त्यसको भण्डाफोर अभियान एमालेले सञ्चालन गर्ने उनले बताए । 

एमाले अहिले पनि पहिलो पार्टी रहेको उनले दाबी गरे । स्थानीयको निर्वाचनको लोकप्रिय मतमा एमाले पहिलो रहेको उनले बताए । एमालेको सचिवालय बैठकले विभिन्न विभागको सचिव नियुक्त गर्ने र केही विभाग गठन गर्ने निर्णय गरेको उनले बताए । 

त्यसैगरी, एमालेले सातै प्रदेशमा पार्टीमा प्रशिक्षण सञ्चालन गर्नका लागि उपाध्यक्षहरूलाई संयोजनको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । 

स्थानीय तहको निर्वाचनमा एमालेभित्रै बाट भएको अन्तरघातको छानबिन र कारबाही गर्नको लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कमिटी बनाउने निर्णय पनि सचिवालयले गरेको गुरूङले बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्