२९ जेठ २०८३, शुक्रबार

एमालेले देशव्यापी प्रशिक्षण चलाउने, विभिन्न विभागको सचिव नियुक्त

एमालेले देशव्यापी प्रशिक्षण चलाउने, विभिन्न विभागको सचिव नियुक्त

नेकपा एमालेले सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कामको संयोजक तोकेको छ । 

प्रदेश १ का लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवासचन्द्र नेम्वाङ, कर्णाली प्रदेशमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीलाई प्रशिक्षण कामको संयोजनको जिम्मेवारी तोकिएको प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए । 

त्यसबाहेक, एमालेले विभिन्न विभाग गठन गर्ने र विभागको सचिव नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

एमाले सचिवालय बैठकले वित्त तथा कोष विभागको सचिवमा डा. भीष्म अधिकारी, संगठन विभागको सचिवमा सम्झना देवकोटा, उपभोक्ता संरक्षण हित विभागको सचिवमा मोहनी खनाल, श्रम तथा रोजगार विभागको सचिवमा जनक चौधरी, संगठन विभागको सचिवमा सूर्य पाठक, सामाजिक सेवा विभागको सचिवमा डा. नेत्रप्रसाद तिमल्सिना र स्वास्थ्य विभागको सचिवमा राजेश थापालाई नियुक्त गर्ने निर्णय भएको गुरूङले बताए । 

स्थानीय तह विभागमा हर्क राई, प्रचार तथा प्रकाशनमा गगन विष्ट, परराष्ट्रमा अञ्जान शाक्य, संघीय मामिला तथा सामान्य विभागमा शिव गुरुङ, ऊर्जा विभागमा पुष्पज्योती ढुंगाना, अर्थ विभागमा योगेन्द्र शाही र कानुन विभागमा डिल्लीराम मैनालीलाई सचिव नियुक्त गरिएको छ ।

बैठकले सदस्यता नवीकरणका लागि प्रदेश कमिटीको संयोजनमा व्यवस्थापन गर्ने निर्णय भएको गुरुङले बताए । 

salt training

कमेन्ट गर्नुहोस्