२१ असार २०८३, आइतबार

चीनले बनायो ट्रयाकविनै गुड्ने रेल, पांग्रा पनि रबरको

चीनले बनायो ट्रयाकविनै गुड्ने रेल, पांग्रा पनि रबरको

हामीले देख्दै आएको रेलमा स्टिलको पांग्रा हुन्छ । र, त्यसका लागि छुट्टै ट्रयाकको आवश्यकता पर्छ । 

तर, तपाईंले कहिल्यै सोच्नु भएको छ, रेलमा स्टिलको सट्टा रबरको पांग्रा प्रयोग गरेको भए ? र, ट्रयाकविनै रेल गुडे ?

पक्कै पनि असम्भव जस्तै लाग्न सक्छ । तर, यसको प्रयोग चीनले गरेको छ । 

चीनले भर्खरै ‘शुडु’ र ‘तियान्फु’ नामका दुई वटा रेल परीक्षण गरेको छ, जसमा रबरको पांग्रा प्रयोग गरिएको छ । साथै यसका लागि कुनै ट्रयाकको आवश्यकता पर्दैन । 

३०.२ मिटर लामो यी रेलहरू वातावरणमैत्री हुन् भने क्षमता ३०० यात्रुको हो । 

salt training

कमेन्ट गर्नुहोस्