माघ २०, २०७९
काठमाडौं महानगरपालिकाले ह्विलचियर प्रयोगकर्तालाई दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ। केही दिनअघि मखन तरणीबहाल मखनटोलमा मास्क बिक्री गरिरहेका ह्विलचियर प्रयोगकर्ता दोलखाका ड...
बुटवल | असार २५, २०७९
मुलुकको प्रमुख व्यापारिक केन्द्र बुटवलको मुख्य भागको सडक खण्ड लामो समयदेखि अलपत्र छ ।
अन्तिमपटकका लागि भन्दै थपिएको म्याद सकिन अब पाँच दिन मात्रै बाँकी छ । तर, काम भने झण्डै ८० प्रतिशत बाँकी छ ।
द कञ्चनजङ्घा/बिरुवा जेभीले ठेक्का पाएको उक्त सडक अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि असार ३० गते सकिँदैछ ।
ठेक्का शुरु भएलगत्तै अदालतमा मुद्दा परेर दुई वर्ष जति काम रोकिएको थियो । त्यसको केही समयपछि कोरोना कहरले काममा केही ढिलाइ भयो । तर, निर्माणको जिम्मा पाएको कञ्चनजंघा/बिरुवा जेभीले त्यसयताका सहज परिस्थितिमा पनि काम गरेन । कागजी प्रक्रिया पूरा गरेजसरी काम गर्दा दोस्रोपटक थपिएको म्यादमा पनि काम पूरा भएन ।
ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई अहिले फेरि ठेक्काको एक वर्ष म्याद थप्न मिल्ने गरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ । केही दिनअघि मात्रै आएको सार्वजनिक खरिद ऐनको १२ औं संशोधनमा गरिएको व्यवस्थाअनुसार ठेकेदारलाई अझै एक वर्ष म्याद थप्न मिल्ने छ ।
तर, त्यसका लागि ठेकेदारले भने जायज कारण खुलाएर निवेदन दिनुपर्ने हुन्छ र सोको अध्ययनपछि ३० दिनभित्रमा म्याद थप हुनेछ ।
निवेदनसँगै ६–६ महिनामा गरिसक्ने कामको सूचीसहितको प्रतिबद्धता पनि जनाउनुपर्ने छ । सोही प्रतिबद्धताअनुसार काम नभएमा बल्ल त्यसपछि कारबाहीको प्रक्रिया अगाडि बढाइने आयोजनाका कार्यालय प्रमुख दीपक झाले बताए । दुई वर्षअघि नै सकिनुपर्ने काम २०७९ असार मसान्तसम्मका लागि म्याद थप भएको थियो ।
बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटरको ६ लेन सडक विस्तारको काम ठेकेदारको चरम लापरवाहीकै कारण पटकपटक म्याद थप्दा पनि पूरा भएको छैन ।
बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो ।
तर, सडकको भौतिक प्रगति हालसम्म करीब २६ प्रतिशत मात्रै छ । २०७६ असोजमा पूरा गर्ने गरी सम्झौता भएकोमा सडकको ८२ फुट क्षेत्रभित्र घर परेका घरधनीले अदालतमा मुद्दा हालेपछि २ वर्ष काम रोकिएको थियो ।
२०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नपाएको भनेर म्याद थप्न निवेदन दियो । निवेदनअनुसारै दोस्रो पटक म्याद थप भयो ।
२०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो । व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख झाले कार्यालय र सरोकारवालाको तर्फबाट समन्वय र सहजीकरण भए पनि निर्माण कम्पनीले राम्रोसँग कामै नगरेको भन्दै बताए ।
एउटै आयोजनामा एउटै ठेकेदारलाई बारम्बार ताकेता गर्ने, प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने, प्रशासनमा उपस्थित गराउनेसम्मका काम गरिए पनि सडकको काम भने नभएको उनको भनाइ छ ।
ठेकेदार र कम्पनीका प्रतिनिधिहरूसँग कैयौँपटक छलफल भयो । सरोकारवालाहरू समेतको उपस्थितिमा पटकपटक ताकेता पनि गरिएको थियो ।
सोही क्रममा २०७८ असार १८ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र जिल्ला प्रहरी प्रमुखलगायतको रोहवरमा ठेकेदार सुवित श्रेष्ठले २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिबद्धता जनाएका थिए ।
काठमाडौं महानगरपालिकाले ह्विलचियर प्रयोगकर्तालाई दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ। केही दिनअघि मखन तरणीबहाल मखनटोलमा मास्क बिक्री गरिरहेका ह्विलचियर प्रयोगकर्ता दोलखाका ड...
महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद््को अध्यक्षसमेत रहेका मन्त्री किराँतीको अध्य...
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर...
हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन नागरिक उड्डयन प्राधिकरणले केही नियमहरू लागु गरेको छ। माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि प्राधिकरणले नयाँ व्यवस्था लागु गर्दै हवाई उड्डयन क्षेत्...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले भेटवार्ता गरेका छन्। शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री गिरीको निजी सचिवालयले जनाएको छ।
मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् । वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक वि...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...