२२ असार २०८३, सोमबार

मुख्यमन्त्रीको बाबुआमाको नाममा ५० लाख बजेट आएपछि गोकुलले भने–संघीयता आवश्यक छैन

मुख्यमन्त्रीको बाबुआमाको नाममा ५० लाख बजेट आएपछि गोकुलले भने–संघीयता आवश्यक छैन

पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले संघीयता विरोधी अभिव्यक्ति दिएका छन् । उनले संघीयता आवश्यक नभएको भन्दै विभिन्न कालखण्डमा भएका दुरुपयोगका श्रृङ्खलाले यसको पुष्टि गरेको उनको जिकिर छ । 
पछिल्लो पटक गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमाबाबुको नाममा ट्रस्ट बनाउन बजेट छट्याएको विषय बाहिरिएपछि उनले कडा कटाक्ष गरेका छन् । मुख्यमन्त्री पोखरेलका मातापिताको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको खबर बाहिरिएको हो । 

उनले ट्वीटरमा भनेका छन्, ‘र,फेरि पनि भन्छु –यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रष्टले पनि प्रमाणित गरिसक्यो कि आवश्यक छैन।’
मुख्यमन्त्रीको आफन्त जोडिएको ट्रस्टको विषयमा आलोचना भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्