×

NMB BANK
NIC ASIA

भरतपुरकी मेयर दाहाल र प्रधानमन्त्री देउवाबीच भेट, अलपत्र क्रिकेट रंगशाला निर्माण अघि बढाउन माग

असार २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अलपत्र अवस्थामा रहेको अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न संघीय सरकारसँग माग गरेकी छन् । 

Muktinath Bank

मंगलवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मेयर दाहालले रंगशाला निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गरेकी हुन् । उक्त रंगशालाको निर्माण कार्य कलाकारहरू सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले शुरू गरेको थियो । फाण्डेसनले विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहयोग रकम संकलन गरेर अघि बढाएको निर्माण कार्य हाल रोकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक संकट र केही विवादका कारण ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले रंगशाला निर्माणबाट हात झिकेपछि अलपत्र परेको हो । उक्त क्रिकेट रंगाशालाको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको मेयर दाहालको सचिवालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीसँगको भेटमा मेयर दाहालले चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरूमा छलफल गरेकी थिइन् । उनले भरतपुर एअरपोर्ट विस्तार, माडी क्षेत्रको भूमिगत विद्युतीकरण, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायतका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री देउवाले ती कामहरू अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको मेयर दाहालको सचिवालयले जनाएको छ । 

भेटमा मेयर दाहालका पिता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्यसचिव शंकरदास वैरागी, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायत सहभागी थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x