२२ असार २०८३, सोमबार

‘त्रिवि शिक्षण अस्पतालको तत्परता प्रशंसनीय छ’

‘त्रिवि शिक्षण अस्पतालको तत्परता प्रशंसनीय छ’

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीको उपचारमा देखाएको तत्परता र लगनशीलता प्रशंसायोग्य भएको बताएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको ४०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “बिरामीको चाप र दक्ष जनशक्तिको कमीबीच शिक्षण अस्पतालले देखाएको सक्रियता सबैका लागि उदाहरणीय छ ।”

दक्षिण एशियामै राम्रो उपचार गृह र चिकित्सा विधाको उत्कृष्ट तालिम तथा अनुसन्धान केन्द्रका रूपमा टिचिङ अस्पतालले विशिष्ट पहिचान बनाएको बताउँदै प्राडा बाँस्कोटाले आगामी दिनमा अस्पतालले समयसापेक्ष गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्राडा दिव्यासिंह शाहले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताइन् । 

अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले न्यून स्रोत र साधनका बीच कोरोना महामारीको समयसमेतमा टिचिङ अस्पतालले उत्कृष्ट सेवा प्रदान गरेको बताए । 

विसं २०४० असार ३१ गते स्थापना भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सुरुमा ३०० शैयामार्फत सेवा प्रदान गरे पनि हाल उक्त सेवालाई विस्तार गरी एक हजार शैयामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्