२९ असार २०८३, सोमबार

सहकारी विधेयक पारित

सहकारी विधेयक पारित

‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको २५औँ बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई उक्त विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव गर्न समय  दिएका थिए ।  मन्त्री शाहीले उक्त विधेयक सभामा प्रस्ताव गरेसँगै ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्