१९ असार २०८३, शुक्रबार

दश वर्षदेखि मधेसको समस्या अल्झाएर राखिएको छ–अध्यक्ष महतो

कात्तिक २०, २०७४
दश वर्षदेखि मधेसको समस्या अल्झाएर राखिएको छ–अध्यक्ष महतो

 

विराटनगर, २० पुस - सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताए । 

सद्भावना पार्टी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत १० वर्षदेखि मधेसको समस्यालाई अल्झाएर राखिएको छ भन्नु भयो ।

उहाँले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने उल्लेख गर्दै सो प्रस्ताव पारित नभएको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पार्नुभयो ।

मधेसको जनतालाई शासनको अनुभूति दिनका लागि मधेस र पहाडलाई छु्याएर प्रदेशको निर्माण गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले संविधान संशोधनको प्रस्तावलाई पारित गराउनका लागि नेकपा(एमाले) पनि जिम्मेवार हुनुपर्ने आवश्यकता औँंल्याउनुभयो ।

सिके राउतले अलग मुलुकको माग राखेको सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँले प्रदेशको माध्यमबाट नै मधेसी, थारु,आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने भएकाले त्यस्ता मागको पक्षमा मधेसी मोर्चा नरहेको स्पष्ट पार्नुभयो ।रासस

salt training

कमेन्ट गर्नुहोस्