
सुस्तमनस्थिती भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिन्धुपाल्चोकमा एक पुरुष पक्राउ परेका छन् ।
५६ वर्षीय ती पुरुषले सुस्तमनस्थिती भएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
ती बालिकालाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ हलेगाभा बस्ने ५६ वर्षीय डम्बरबहादुर भुजेलले पधेरोटोलस्थित कच्ची बाटोमा जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
भुजेललाई उनकै घरबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको छ ।