२८ जेठ २०८३, बिहीबार

जटिल भए पनि आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

जटिल भए पनि आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए ।

उनले भने, ‘स्थानीय तह निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।’ स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रूपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए ।

उनले भने, ‘मलाई विश्वास छ । यो गठबन्धन टुट्दैन ।’ शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेका उनको भनाइ थियो ।
 
तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टीपंक्तिको भावनाअनुसार हुने उनले बताए । फरक प्रसंगमा उनले सरकारले अहिले देश विकास, स्थायित्व र जनआकांक्षा अनुसार काम गरेको बताए ।

उनले भने, ‘सरकारमा रहेर देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गएको छ ।’ विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उनले त्यसको सामना गर्दै अघि बढेको बताए ।

पत्रकार सम्मेलनमा उनले भ्रातृ संगठनले साउन महिनाभित्र पूर्णता पाउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्