×

NMB BANK
NIC ASIA

काठमाडौंको फोहर एकहप्ता नउठ्ने

साउन ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकाकाको फोहर व्यवस्थापनको काम फेरि रोकिएको छ । फोहर व्यवस्थापन गरिदै आएको नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम भइरहेकाले बिहीवारदेखि फोहर व्यवस्थापनको काम रोकिएको हो । 

Muktinath Bank

हाल काठमाडौं उपत्यकाको फोहर बञ्चरे डाँडामा व्यवस्थापन गरिदै आएको छ । सिसडोलबाट बञ्चरेडाँडा जाने २ किलोमिटर बाटो मर्मतको काम थालिएकाले फोहर उठाउन रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । उक्त बाटो मर्मतको काम करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ । सो अवधिभर काठमाडौं उपत्यकाको फोहर नठाइने काठमाडौं महानगरपालिका वातावरण शाखाकी प्रमुख सरिता राईले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहर ढुवानीका गाडी नचलाइदिन आग्रह गरेको थियो । सोही आग्रहअनुसार महानगरपालिकाले फोहर व्यवस्थापन कार्य रोकेको उनले बताइन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनको काम नहुन्जेलसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै महागरपालिकाले बाटो मर्मतको काम सकिने वित्तिकै फोहर व्यवस्थापनको कार्य नियमित रूपमा गरिने बताएको छ । 

Vianet communication
Laxmi Bank

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहको फोहर बञ्चरे डाँडामा व्यवस्थापन गरिदै आएको छ । हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट ५०० मेट्रिकटन फोहर निस्किने बताइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x