२१ असार २०८३, आइतबार

जन्मको आधारमा वंशजको नागरिकता दिनुहुँदैन : दुर्गा पौडेल

जन्मको आधारमा वंशजको नागरिकता दिनुहुँदैन : दुर्गा पौडेल
फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा वंशजको नागरिक दिन नहुने बताएकी छन् । शुक्रवार प्रतिनिधिसभामा नागरिकता विधेयकसम्बन्धी दफावार छलफलमा भाग लिँदै नागरिकता दिने व्यवस्था कडा बनाइनुपर्ने बताएकी हुन् ।

अहिले खुकुलो व्यवस्था बनाएर नागरिकता दिन लागिएकोमा उनले आपत्ति जनाएकी छन् । नागरिकता विधेयकमाथि राखेको संशोधन प्रस्ताव पेश गर्दै छलफलमा भाग लिएकी सांसद पौडेलले जन्मको आधारमा वंशजको नागरिकता प्रदान गरेमा नेपालीहरू अल्पमतमा पर्ने चेतावनी दिइन् ।

‘नागरिकता प्रदान गर्ने विधि कठिन बनाउनु पर्छ खुकुलो होइन,’ सांसद पौडेलले भने, ‘यो स्पष्ट धारणासहित हामीले संविधान बनाउँदा पनि त्यसको आधारमा राखेका थियौँ ।’ 

‘वंशजको नागरिकता जन्मको आधारमा दिनु हुँदैन । जन्मका आधारमा नागरिकता दिँदा नेपाली अल्पमतमा पर्दछ, वंशजको आधारमा नागरिकता लडेर रगतसँग जोडिएको छ,’ उनले भनिन्, ‘आमा र बुबा दुवै वंशज नागरिकता भएको व्यक्तिबाट जन्मेकी सन्तानलाई मात्रै वंशजले दिनुपर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्