×

NIC ASIA

विराटनगरका मेयरको सम्पत्ति : गाडी ३ करोडभन्दा महंगो, जग्गा ५ विगाहा

साउन ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले ३ करोडभन्दा बढी मूल्यको गाडी कुदाउने गरेका छन् । 

Muktinath Bank

कोइरालाले बुझाएको सम्पत्ति विवरणअनुसार उनले टोयोटाको प्राडो गासड कुदाउने गरेका छन्, जसको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । प्राडो पैतृक सम्पत्तिबाट खरिद गरिएको जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोइरालालाई विराटनगरकै धनाड्य व्यक्ति भनेर चुनावको समयमा हल्ला गरिए पनि उनले बुझाएको सम्पत्ति विवरणमा यसअघि चर्चा गरिएजस्तो धेरै देखिएको छैन । उनले विराटनगरको वडा नम्बर १५ र वडा नम्बर ११ मा गरी झण्डै ५ विगाहा जग्गा रहेको उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कोइरालाले आफ्नो नाममा रहेको सम्पत्ति विवरण मात्रै बुझाएको उनका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठले बताए । ‘उहाँले आफ्नो नाममा रहेको जग्गाको विवरण बुझाउनुभएको हो,’ उनले भने, ‘यो नितान्त उहाँको नाममा रहेको जग्गाको मात्रै विवरण हो ।’

Vianet communication

विवरणअनुसार विराटनगर–१५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९ दशमलव ७८ वर्गमिटर अर्थात् ८५ कट्ठा जग्गा कोइरालाको नाममा छ । सबै जग्गा आफ्नो पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ । विराटनगर–११ मा पैतृक सम्पत्तिबाट पाएको ११ कट्ठा जग्गा पनि आफ्नो रहेको उनले बताए, यद्यपि जग्गा भाइको नाममा रहेको कैफियतमा उल्लेख छ ।

कोइरालाले २० वर्ष अगाडि खरिद गरेको ८० तोला सुन पनि आफूसँग रहेको बताएका छन् । त्यसबेला ८ लाख रुपैयाँमा सुन किनेको उनले बताए । सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको जनाइएको छ । नगद पनि पैतृक सम्पत्तिबाटै आएको उनले उल्लेख गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x