२२ असार २०८३, सोमबार

गोर्खाल्यान्ड आन्दोलनकारीद्वारा मोबाइल ह्यान्डसेट जलाएर विरोध प्रकट

कात्तिक २०, २०७४
गोर्खाल्यान्ड आन्दोलनकारीद्वारा मोबाइल ह्यान्डसेट जलाएर विरोध प्रकट

काठमाडौं, १२ साउन — बेग्लै गोर्खाल्यान्ड राज्यका लागि चलिरहेको आन्दोलनका क्रममा बुधवार आन्दोलनकारीहरूले मोबाइल ह्यान्डसेट जलाएका छन् ।


दार्जीलिङ र वरिपरिका क्षेत्रमा मोबाइल फोनको कनेक्टिभिटी लगातार दोस्रो दिन अवरुद्ध छ । गोर्खाल्यान्ड आन्दोलनको अनिश्चितकालीन बन्द ४४ औं दिनमा प्रवेश गरेको छ ।

पश्चिम बंगाल सरकारले कानून व्यवस्था भंग हुने डरले पहाडमा इन्टरनेटमाथि प्रतिबन्ध लगाएको छ । त्यसैले दार्जीलिङवासीहरूलाई बाहिरी संसारसँग सम्पर्कका लागि मोबाइल फोन मात्र विकल्प हो ।

तर दार्जीलिङ र वरपरका क्षेत्रमा सोमवारदेखि बिजुली अवरुद्ध थियो । बुधवार दिउँसो बिजुली बल्लबल्ल आयो ।

नेटवर्क नलाग्ने समस्याको विरोधका लागि गोर्खा जनमुक्ति मोर्चाले –याली निकालेको थियो । घूम रेलवे स्टेसनमा ६० मोबाइल फोनहरू विरोधस्वरूप जलाइएको थियो ।

‘इन्टरनेट र फोन सम्पर्क नहुँदा स्मार्टफोनको के काम ? त्यसैले हामीले मोबाइल सेटहरू जलाएका हौं,’ मोर्चाका महासचिव प्रकाश सुब्बा बताउँछन् ।

अधिकारीहरू चाहिँ गोर्खाल्यान्ड समर्थकहरूले अप्टिकल फाइबर केबल काटिदिएकाले समस्या आएको बताउँछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्