
राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा ३ सदस्यीय आर्थिक विनियम मस्यौदा समिति गठन गरिएको छ । नवौं राष्ट्रिय खेलकुदका लागि सो समिति गठन गरिएको हो ।
समितिका सदस्यमा आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा र खेलकुद विकास विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । विष्ट नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका छन् ।