३० जेठ २०८३, शनिबार

चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यसका लागि सुरक्षा निकायलाई पर्याप्त सवारी साधनको खाँचो रहेको उल्लेख गरे । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरुको बैठकमा मन्त्री खाणले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी साधन भाडामा लिएर भएपनि सुरक्षाको जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सवारी साधनको व्यापक परिचालन आवश्यक पर्नेमा जोड दिए ।

मुलुकभरका अधिकांश कारागार भवन जिर्ण भएका र क्षमताभन्दा बढी कैदी राखिने गरेको जानकारी गराउँदै मन्त्री खाणले निर्माणाधीन भवनको काम यथाशीघ्र सम्पन्न गर्न शहरी विकास मन्त्रालय र सम्बन्धित निकायसँग आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्