
पछिल्लो ३ घण्टामा चितवन जिल्लाको शक्तिखोर र आसपासका क्षेत्रमा अति भारी वर्षा मापन भएको छ ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रवार साँझ सामाजिक सञ्जालमा सूचना जारी गर्दै स–साना खोलामा आकस्मिक बहाव हुनसक्ने जनाएको छ ।
महाशाखाको सूचनामा उल्लेख छ, ‘खयर खोला, लोडारी खोला लगायत रत्ननगर र आसपासका स–साना खोलामा आकस्मिक बहाव हुनसक्छ, राति १० बजेसम्म सतर्क रहौ ।’