×

NMB BANK
NIC ASIA

बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति ?

साउन २३, २०७९

NTC
Premier Steels

यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए तापनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिए ।

Muktinath Bank

त्यस्तै बागमती प्रदेशको ‘अन्नको भण्डार’ का रूपमा चिनिएको चितवन जिल्लामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । उक्त जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये २१ हजार आठ सय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये नौ हजार तीन सय ५० हेक्टर (८५ प्रतिशत) रोपाइँ सकिएको सूचना अधिकारी चौलागाइँले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर क्षेत्रफलमध्ये १२ हजार आठ सय ५५ हेक्टर क्षेत्रफल (९० प्रतिशत) मा रोपाइँ सकिँदा रसुवामा एक हजार आठ सय ७२ हेक्टर क्षेत्रफलमध्ये एक हजार सात सय ६० हेक्टर क्षेत्रफल (९४ प्रतिशत) मा रोपाइँ सकिएको सरकारी आँकडा छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर र काठमाडौँको पाँच हजार नौ सय ५९ हेक्टरमा धानखेती हुने गर्दछ । यी तीनवटै जिल्लाहरुमा रोपाइँ सकिएको निर्देशनालयका सूचना अधिकारी चौलागाइँले उल्लेख गरे । 

Vianet communication

काभ्रेपलाञ्चोकमा नौ हजार तीन सय ८५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार सात सय ४७ (९३.२ प्रतिशत) मा रोपाइँ सकिँदा सिन्धुपाल्चोकका आठ हजार पाँच सय ९० हेक्टर क्षेत्रफलमध्ये आठ हजार एक सय ६१ हेक्टर (९५ प्रतिशत) मा रोपाइँ सकिएको छ ।

रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर क्षेत्रफलमध्ये सात हजार पाँच सय ५९ हेक्टर (८५  प्रतिशत) मा धान रोपेर सकिएको छ । दोलखामा दुई हजार नौ सय २८ हेक्टर क्षेत्रफलमध्ये दुई हजार छ सय ३५ हेक्टर (९० प्रतिशत) मा हालसम्म रोपाइँ सकिँदा सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर क्षेत्रफलमध्ये १४ हजार तीन सय ४३  हेक्टर (९३  प्रतिशत) मा रोपाइँ सकिएको हो । प्रदेशको धादिङमा ११ हजार एक सय ५९ हेक्टर क्षेत्रफलमध्ये १० हजार छ सय एक हेक्टर (९५ प्रतिशत) मा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x