×

NMB BANK
NIC ASIA

जनप्रतिनिधि र कर्मचारीको मनपरी

मेयरका छोरालाई अहेव, ज्वाइँलाई सब–इन्जिनियर र अधिकृतको सालालाई कम्प्युटर अपरेटरको जागिर

साउन २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तिमा मनपरी गरेका छन् । उनीहरूले आफन्तलाई कर्मचारीका रूपमा  नियुक्ति दिएका हुन् । नगर प्रमुख सजरुद्धिन मुसलमानले नगरपालिकाको वडा नम्बर–३ को अहेवमा आफ्ना छोरा जमिल अहमद खाँन र वडा नम्बर ६ को सब–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् । 

Muktinath Bank

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले आफ्ना साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटर (प्राविधिक सहायक पाँचौ तह) मा नियुक्ति दिलाएका छन् । नगरपालिकाले पुराना सेवा करारका ११ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तलाई नियुक्ति दिएको हो । मेयर खाँन कांग्रेसबाट निर्वाचित हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाकी उपप्रमुख कल्पना हरिजनले पुराना करारका कर्मचारीलाई दक्ष र क्षमतावान कर्मचारीलाई हटाएर आफ्ना छोरा र ज्वाइँसहित १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताइन् । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयका साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटमा नियुक्ति गरिएको उपप्रमुख हरिजनले बताइन् । 


Advertisment
Nabil box
Kumari

उपप्रमुखले भनिन्, ‘नगरमा प्रमुख प्रशासकीय अधिकृत र मेयरले मनपरी गरेका छन् । आफ्ना आसेपासे र परिवारका मान्छेलाई जागिर खुवाएका छन । छोरा, ज्वाइँ र सालालाई नियुक्ति दिलाएका छन् ।’ कार्यपालिका बैठकको निर्णय बिना करारका कर्मचारीलाई हटाइएकोसमेत उनले जानकारी दिइन् । 

Vianet communication
Laxmi Bank

‘साउन असार ३० गते नगरसभाको बैठक बसेको थियो, त्यो बैठकमा पुराना कर्मचारीलाई बिदा दिएर नयाँ कर्मचारीलाई राख्ने विषय आएको थिएन’ उनले भनिन्, ‘३१ गते १३ जना कर्मचारीलाई नियुक्त गरेको र १ गते करारका कर्मचारीलाई मौखिक रूपमा हटाएको जानकारीमा आयो । पछि माइन्यूट हेर्दा हामीलाई थाहा भयो ।’ 

उनले थपिन्, ‘हटाउन पाइन्छ । तर, कानून र नियमसंगत हुनुपर्‍यो भन्ने माग हो । आफ्नोलाई होइन दक्ष कर्मचारी आउनुपर्‍यो भन्ने हाम्रो माग हो । अहिले अयोग्य र फर्जी काम गर्ने थपिदा नगरको काम कारबाही ठप्पजस्तै भएको छ ।’ 

प्रशासकीय अधिृकत पाण्डेयले आफ्नो सालाको कम्प्युटरमा नियुक्तिको विषय भएको स्वीकार गरे । 

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफू अनुकूल नभएका कर्मचारीलाई धमाधम सरुवा गरेपछि कर्मचारीले कामकाज ठप्प पारेका छन् । उनले कर्मचारीलाई अनावश्यक हस्तक्षेप गरी स्वास्थ्य क्षेत्रका कर्मचारीलाई वडा सचिवमा समेत खटाएका छन् । 

छोरा र ज्वाइँको नियुक्तिका विषयमा प्रतिक्रिया लिँदा मेयर खाँन बोल्न चाहेनन् । छोरा र ज्वाइँलाई नियुक्ति दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘अहिले म यो विषयमा बोल्दिन ।’

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते पाल्पाको रामपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा थियो । तर, उनले साउन २० गते आफूलाई मन नपरेका कर्मचारीको नगरपालिकाको कार्यालयबाट वार्ड सचिवको रूपमा सरुवा गरेका कर्मचारीहरूको आरोप छ । नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । 

प्रशासकीय अधिकृत पाण्डेयले उपप्रमुख हरिजनले आफ्नो बद्नाम गराउने गरी लागेको आरोप लगाए । ‘उहाँले मलाई सरुवा गराउनु भएको भन्ने छ । मैले पत्र पाएको छैन । उहाँ (हरिजन) ले आफ्नो व्यक्तिगत फाइदाको लागि बद्नाम गर्न खोज्नु भएको हो,’ उनले भने । पाण्डेय अहिले बिदामा छन । 

जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x