भदौ २५, २०८०
मुक्तिनाथ विकास बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्ड (एसईसीएफ) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्न...
साउन २५, २०७९
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न गरेको छ।
उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई सभाले स्वीकृति गरेको छ ।
नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय सभाले अनुमोदन गरेको कम्पनीले जनाएको छ ।
सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको छ र कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन कार्य (डीडीए) गर्नका लागि संचालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय अनुमोदन गरेको छ ।
ज्योति लाइफले सो सभामा कम्पनी एक आपसमा गाभ्ने, गाभिने सँग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रकृयाहरू पुरा गरि अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम बिवरणहरु उपलब्ध गराउने लगायत मर्जर सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा समेत निर्णय भएको छ ।
साथै कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्ड (एसईसीएफ) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्न...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ । ...
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगक...
नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा संशोधन गरेर आइतवार जारी गरेको निर्देशनले बैंकहरूलाई तनाब थप गर्ने चिन्ता नेपाल बैंकर्स संघले नै गरेको छ । राष्ट्र बैंकको निर्देशनले ऋण तिर्न नसकेका व्यवसायीलाई थप मार पर्...
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो ...
नेपाल एसबीआई बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको ५ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्सका तर्फबाट सहनिर्देशक उदयन काब्राबीच एक कार्यक्रम गरी संयुक्त हस्ताक्षर भएको थियो...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...