३० जेठ २०८३, शनिबार

चोलेन्द्र विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन समितिलाई सभामुखको आग्रह

चोलेन्द्र विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन समितिलाई सभामुखको आग्रह
फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन महाअभियोग सिफारिश समितिका सदस्यसँग आग्रह गरेका छन् ।

बुधवार सिफारिश समितिका सदस्यहरूसँगको भेटमा सापकोटाले महाअभियोगको काम अगाडि बढाउन आग्रह गरेका हुन् ।

सभामुख सापकोटाले प्रक्रिया अगाडि बढाउन आग्रह गरेको समिति सदस्य रामबहादुर विष्टले लोकान्तरलाई जानकारी दिए । चोलेन्द्रविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सत्तापक्षका ९८ सांसदले गत फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । 

प्रस्ताव देव गुरुङले फागुन २९ गतेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सिफारिश समिति गठन गरिएको थियो । ११ सदस्यीय महाअभियोग सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डित र कृष्णभक्त पोखरेल सदस्य छन् ।

नेपाली कांग्रेसको तर्फबाट मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट तथा माओवादी केन्द्रबाट यशोदा गुरुङ सुवेदी र रेखा शर्मा सदस्य छन् ।

नेकपा एसबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाका एकवाल मियाँ सदस्य छन् ।

साउन २२ गतेको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल गरेर महाअभियोग प्रस्ताव सिफारिश समितिमा पठाइएको छ । सिफारिश समितिमा पुगेको ३ महिनामा महाअभियोगको टुंगो लगाउनुपर्नेछ । चुनावको मिति घोषणा भइसकेकाले सिफारिस समितिले पाएको ३ महिनाको समयअगावै प्रतिनिधि सभाको कार्यकाल सकिने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्