×

NMB BANK
NIC ASIA

चोलेन्द्र विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन समितिलाई सभामुखको आग्रह

साउन २५, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोगको अध्ययन छिट्टै टुंग्याउन महाअभियोग सिफारिश समितिका सदस्यसँग आग्रह गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार सिफारिश समितिका सदस्यहरूसँगको भेटमा सापकोटाले महाअभियोगको काम अगाडि बढाउन आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख सापकोटाले प्रक्रिया अगाडि बढाउन आग्रह गरेको समिति सदस्य रामबहादुर विष्टले लोकान्तरलाई जानकारी दिए । चोलेन्द्रविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सत्तापक्षका ९८ सांसदले गत फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । 


Advertisment
Nabil box
Kumari

प्रस्ताव देव गुरुङले फागुन २९ गतेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सिफारिश समिति गठन गरिएको थियो । ११ सदस्यीय महाअभियोग सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डित र कृष्णभक्त पोखरेल सदस्य छन् ।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसको तर्फबाट मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट तथा माओवादी केन्द्रबाट यशोदा गुरुङ सुवेदी र रेखा शर्मा सदस्य छन् ।

नेकपा एसबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाका एकवाल मियाँ सदस्य छन् ।

साउन २२ गतेको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल गरेर महाअभियोग प्रस्ताव सिफारिश समितिमा पठाइएको छ । सिफारिश समितिमा पुगेको ३ महिनामा महाअभियोगको टुंगो लगाउनुपर्नेछ । चुनावको मिति घोषणा भइसकेकाले सिफारिस समितिले पाएको ३ महिनाको समयअगावै प्रतिनिधि सभाको कार्यकाल सकिने सम्भावना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x