२३ जेठ २०८३, शनिबार

अनिल परियारको हत्याका २ आरोपी कारागार चलान

अनिल परियारको हत्याका २ आरोपी कारागार चलान
प्रतिकात्मक तस्वीर

भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विश्व भनिने हेमन्त बास्तोला र सुनिल राउत पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोहितप्रसाद सिलवाल धरौटीमा रिहा भएका छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सिलवाल २० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

भरतपुर महानगरपालिका–१२ बस्ने अनिल परियार नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि थिए । उनको गत वैशाख २५ गते स्थानीय तहको निर्वाचनका समयमा आक्रमण गरी हत्या गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्