×

NMB BANK
NIC ASIA

कर्मचारीको अभावमा सेवाग्राहीलाई सास्ती

साउन २७, २०७९

NTC
Premier Steels

जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

Muktinath Bank

कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का रामु गुरुङले राहदानी फाराम भर्न झण्डै ३ घण्टा लाइनमा बस्नुपरेको दुखेसो पोखे । पछिल्लो समयमा कार्यालयमा राहदानीको लागि आउने सेवाग्राहीको संख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

दैनिक सय जना क्षमताको लागि राहदानी फाराम खुले पनि अहिले २०० बढी सेवाग्राही आउन थालेपछि कर्मचारीलाई काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । बढी भीड हुने भएकोले टाढाबाट आएका सेवाग्राहीलाई बास बस्न नपरोस् भनेर कार्यालय समयपछि पनि सेवा दिन थालिएको उनले जानकारी दिए ।

Vianet communication

एकै स्थानबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भएपछि जिल्लाको पूर्व र पश्चिम २ स्थानमा ईलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । मन्त्रालयबाट चालू आर्थिक वर्षभित्र एउटा ईलाका प्रशासन कार्यालय थप गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ ।

उनले भने, ‘पश्चिम क्षेत्रमा यसै आवदेखि सेवा दिने गरी ईलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले तदारुकता देखाएको छ ।’

दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कर्मचारी नहुँदा झेल्नुपरेको समस्याका विषयमा गृह मन्त्रालय र विभागमा जानकारी गराइएपछि चालू आर्थिक वर्षमा एउटा ईलाका कार्यालय थप गर्ने कार्य अघि बढेको गैरेले जानकारी दिए । पहिलेको जनसंख्याअनुसार दरबन्दी कायम भए पनि अहिले जनसंख्या बढेर दोब्बर हुँदा पुरानै दरबन्दीका कर्मचारीले सेवा दिन कठिनाई भएको उनले स्वीकार गरे । 

अहिले प्रायः काम कम्प्युटरमार्फत हुने भए पनि अपरेटरको दरबन्दी रिक्त भएपछि करारमा कर्मचारी नियुक्त गरी कामकाज गर्नुपरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन, संघसंस्था दर्ता, नवीकरण, पेन्सन सम्बन्धी, दलित जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपि लगायत कामका लागि दैनिक ३०० भन्दा धेरै सेवाग्राही आउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x