२९ जेठ २०८३, शुक्रबार

प्रतिनिधि सभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

प्रतिनिधि सभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

प्रतिनिधि सभाको मंगलवारको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए । 

त्यसभन्दा पहिले बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराएका थिए । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्