२३ जेठ २०८३, शनिबार

देउवाले केन्द्रीय सदस्य नबनाएपछि चौधरीद्वारा पार्टी छाड्ने घोषणा

देउवाले केन्द्रीय सदस्य नबनाएपछि चौधरीद्वारा पार्टी छाड्ने घोषणा

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नबनाएपछि कांग्रेस नेतृ पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् । देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य बनाएलगत्तै उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने घोषणा गरेकी हुन् । 

समाजिक सञ्जालमार्फत देउवालाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘ आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनित हुँदा पार्वता डीसी चौधरी अट्न सकिनँ, अटिनँ त्यसको लागि धन्यवाद छ । छिटै कांग्रेसँगको साइनो तोड्दै छु ।’ उनले कांग्रेस केन्द्रीय सदस्यमा मनोनित हुन लबिङ गर्दै आएपनि नसमेटिएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्