
उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ८ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ८ दिन कैद र ४२ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मंगलवार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं–१० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैंकको चेक दिएका थिए ।
फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई बुधवारै सम्मानित जिल्ला अदालत काठमाडौंमा पेश गरिने ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।