३० जेठ २०८३, शनिबार

अमेरिकालाई टेन्सन दिने उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण, मच्चियो हल्लीखल्ली

कात्तिक २०, २०७४
अमेरिकालाई टेन्सन दिने उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण, मच्चियो हल्लीखल्ली

सोल, १४ साउन - पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ ।kim_2701423b1

उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको बताएका कोरियन केन्द्रिय समाचार संस्था (केसिएनए)ले उल्लेख गरेको छ ।

केसिएनएले भनेको छ, “हाम्रा नेताले गर्वसाथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अव प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।”

यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ् र रसिया दोषी रहेको आरोप लगाएका छन् । त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले अमेरिका आफ्नो बचाउका लागि तयार रहेको बताए ।

परीक्षण पछि अमेरिकी विदेशमन्त्री टिलरसन र जापानी विदेशमन्त्री कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको छ । उत्तरका उत्तेजित गतिविधिलाई रोक्न सम्भावित व्यापक दवाव दिनुपर्ने वार्तामा कुसिदाले अमेरिकी विदेशमन्त्रीसँग आग्रह गरेको जनाइएको छ ।

शनिबारको यो परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमीटरको सैद्धान्तिक दुरीको उचाइमा पुगेको जनाएको छ । जुलाईमा मात्र उत्तर कोरियाले योे दोश्रो अन्तरमहादेशीय क्षेप्यास्त्रको परिक्षण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई “उत्तर कोरियाली शासकको अविवेकी र खतरनाक कदम” भन्ने प्रतिक्रिया दिएका छन् ।

अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारवाहीको भत्सर्ना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्