![मानुषी लघुवित्तले माग्यो कर्मचारी, एलएलसी तथा एसईई पास गरेकालाई पनि अवसर [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/manushi_bl39dmKLQi.jpg)
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको छ ।
शुक्रवार सार्वजनिक सूचना जारी गर्दै लघुवित्तले सो पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
एसएलसी वा एसईईमा जीपीएस सीसम्म ल्याई परीक्षा उत्तीर्ण गरेको तथा प्रविणता प्रमाण पत्र वा प्लस टु उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने लघुवित्तले जनाएको छ ।
साथमा ग्रामिण क्षेत्रको फिल्डमा गई काम गर्न इच्छुक पनि हुनुपर्ने बताइएको छ ।
सर्टलिस्टमा परेकाहरू मध्ये अन्तर्वार्ताको माध्यमबाट कर्मचारी छनोट गरिने छ ।
आवेदन आजको मितिले १५ दिनभित्रमा दिनुपर्नेछ ।