२१ जेठ २०८३, बिहीबार

संसदमा किन उठ्यो बाँदरको कुरा ?

कात्तिक २०, २०७४
संसदमा किन उठ्यो बाँदरको कुरा ?

काठमाडौं १५ साउन– देशका विभिन्न जिल्लामा बाँदर आतंक बढेको भन्दै एक सांसद्ले संसदमा आवाज उठाएका छन् ।

व्यबस्थापिका संसदको आइतवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद् कमल प्रसाद पंगेनीले बाँदरका कारण कतिपय जिल्लाका बस्तीमा किसानले खेतीपाती जोगाउन नसकेको भन्दै बांदर आतंक रोक्नेबारे सेच्न आग्रह गरेका हुन् ।

बाँदरले जनताले उत्पादन गरेको खाद्यबाली र फलपुलको रक्षा गर्नु सरकारको दायित्व भएको उनले बताए । ‘बादरको संरक्षण गर्नुपर्छ, तर कृषि उत्पादनको रक्षा अझ महत्वपूर्ण हो भन्ने लाग्दछ’ पंगेनीले संसदमा भने ।

किसानको बालीमा बाँदरले राज्य गरेको भन्दै उनले बादर नियन्त्रणका लागि सदन, सरकार र सांसदको ध्यानाकर्षण गराए । उनले बन्य जन्तु संरक्षण ऐनमा संशोधनको आवस्यकता रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्